चारैतिर शान्ति ल्याउन, चिच्याउनेहरुको घाटी रेट्दै छु ।
औशीको अन्धकार हटाउन, चिताको तयारी गर्दै छु ।

हे आमा,

मेरो चिताको धुवाले तिम्रो आखा पिरोल्ला ।
दन्किएको आगोले तिम्रो छाती पनि पोल्ला ।
पिरोलिएको आखाबाट आसु अवस्य बगाउनु ।
त्यही तिम्रो आसुले पोलेको छाती भिजाउनु ।

म बच्नको लागि लड्ने गर्थे, लड्नको लागि बच्नु पर्यो ।
लड्दा लड्दै आत्मा मरिसकेछ, बल्ल आज शरीर ढल्यो ।